५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा

२१ कार्तिक २०७९, सोमबार ११:१७

कात्तिक २२, काठमाडौँ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात  एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।  पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् ।


तालिबानको प्रधानमन्त्रीको कार्यालय नजिकैको एक स्रोतले खामा प्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल एयरपोर्टबाट हिरासतमा लिएको बताएको छ । उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार रहेका थिए ।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन् । उनीहरू तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि पनि अफगानिस्तानमा नै बस्दै आएका थिए । पूर्व राष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । तालिबानलाई समावेशी सरकार गठन गर्न माग गरिरहेका छन् ।

खामा प्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उनको भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने विश्वास गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता