५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरुले प्रयोगशालामा बनाए डुप्लिकेट रगत, विरामीका लागि सञ्जवनी हुने

२३ कार्तिक २०७९, बुधबार ०८:१०

कात्तिक २३, काठमाडौँ | रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज कुनै जादूभन्दा कम छैन । बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् । यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिरहेका बिरामीहरुका लागि सञ्जिवनी बुटी सावित हुनेछ ।


साथै दुर्लभ रक्त समूह भएका मानिसहरुका लागि समेत यो निकै उपयोगी हुनेछ । दुर्लभ ब्लड ग्रुप भएका मानिसहरुका लागि सहजै रगत प्राप्त हुँदैन । जसका कारण कहिलेकाहीँ बिरामीहरुको मृत्यु पनि हुने गर्दछ ।नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड केयर रिसर्चका शोधकर्ताहरुले प्रयोगशालामा रगत उत्पादनका लागि स्वयंसेवी रक्तदाताको स्टेम कोशिकाको प्रयोग गरेका थिए । त्यसरी तयार पारिएको रगत दुईजना स्वयंसेवकमा ५ देखि १० मिलिलिटर सम्म चढाइएको छ ।

प्रयोगशालामा तयार भएका रक्त कोशिकाहरुले प्राकृतिक रगतमा हुने रक्तकोशिकाले भन्दा पनि राम्रोसँग काम गर्ने अपेक्षा वैज्ञानिकहरुको छ । ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एशले टोयका अनुसार स्टेम कोशिकालाई रक्त कोशिकामा परिणत गर्नेतर्फ यो प्रयोग एक ठूलो कदम हुनेछ । प्रयोगशालामा निर्मित रगत चढाइएका दुईजना व्यक्तिको निरन्तर निगरानी जारी राखिएको छ । उनीहरु दुवैजनामा अहिलेसम्म कुनैपनि साइड इफेक्ट देखिएको छैन र पूर्णरुपमा स्वस्थ छन् । यो परीक्षणका लागि चार महिनाभित्रमा कम्तिमा १० जनामा दुईपटक उक्त रगत चढाइनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता