कात्तिक २३, काठमाडौँ | सेनेगलका स्टार फुटबलर साडियो मानेले चोट बोकेका छन्। फिफा विश्वकपको मुखैमा प्रमुख स्ट्राइकर मानेले चोट बोकेपछि सेनेगल राष्ट्रिय टोलीलाई तनाब भएको छ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगाअन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन्।
घुँडामा चोट बोकेपछि उनी खेलको २० मिनेटमै मैदानबाट बाहिरिएका थिए।