आरोहीको शव खोज्न ‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता नेपाल आएको डेलीमेलको खुलासा

Posted on: 10 Nov, 2022

कात्तिक २४, काठमाडौँ | टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे ।


तर उनी नेपाल घुम्नभन्दा अर्कै मिसन लिएर आइपुगेको चर्चित बेलायती अखबार डेलीमेलले दाबी गरेको छ । मंगलबारको अनलाइन संस्करणमा प्रकाशित खबरअनुसार सगरमाथा आरोहणमा हराएको भनिएका माइकल म्याथ्युलाई खोज्न उनी आइपुगेको उल्लेख छ ।

डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।


हिम दुर्घटनामा निधन भएका आरोही माइकल म्याथ्यु

अक्सफोर्ड युनियनसँगको संवादमा ग्रिल्सले म्याथ्युको शव खोजीबारे उल्लेख गरेका छन् । ‘केही पश्चिमा आरोहीसहित १० नेपालीको उत्कृष्ट टिम हामीसँग थियो । हामीले एउटा शव पनि निकालेका थियौं, तर त्यहाँ म्याथ्युको शव थिएन,’ ग्रिल्सले भने ।

Mr Matthews on the mountain in 1999, when he broke Mr Grylls' record and became the youngest Briton to climb the world's highest peak

नेपालमा रहँदा ग्रिल्सले निर्मल पुर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत लुक्ला भ्रमण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!