४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सहर खेरसनबाट सेना फिर्ता गर्दै रूस

२४ कार्तिक २०७९, बिहीबार ०९:५७

कात्तिक २४, काठमाडौँ | रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । 

रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्तिको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको छ । 


युक्रेनी अधिकारीहरूले भने रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् ।रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ । 

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणामस्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसको उक्त निर्णयबाट मस्को समस्यामा रहेको स्पष्ट हुन्छ भन्दै मस्कोको उक्त निर्णयको आफूले पहिले नै अपेक्षा गरेको बताउनुभएको छ । साथै उहाँले उक्त निर्णयबाट दुवै पक्षलाई आफ्नो अवस्थाको समीक्षा गर्न बल पुग्ने बताउनुभएको छ । 

यसैबीच, करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका  अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले दाबी गरेका छन् । द इकोनोमिक क्लब अफ न्यूयोर्कमा आयोजित एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताए ।

युक्रेनमाथि रूसले गरेको आक्रमणलाई गम्भीर गल्ती भन्दै उनले त्यसको मूल्य वर्षौँवर्षसम्म राष्ट्रहरूले चुकाउनुपर्ने उल्लेख गर्र्दै युद्धका कारण एक करोड ५० लाखदेखि तीन करोड शरणार्थी बनेका तथा त्यसक्रममा करिब ४० हजार नागरिकको ज्यान जाने गरी ठूलो मानवीय पीडा भोग्नुपरेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा