२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतका नर्सहरू तलब वृद्धिको माग गर्दै इतिहासमा पहिलो पटक हडताल गर्दै

२०७९, २४ कार्तिक बिहीबार १०:०९

कात्तिक २४, काठमाडौँ | बेलायतका दशौं हजार नर्सहरू पहिलो पटक महँगी अनुरूपको तलब वृद्धिको माग गर्दै हडतालमा जाने भएका छन् । देशका अधिकांश राज्य–सञ्चालित ‘नेसनल हेल्थ सर्विस(एनएचएस)सँग आबद्ध नर्सहरूले हडतालको पक्षमा मतदान गरेको ब्रिटिस नर्सहरूको आधिकारिक ट्रेड युनियन ‘रोयल कलेज अफ नर्सिङ (आरसीएन)’ले बुधवार जानकारी दिएको छ । 

तीन लाखभन्दा बढी सदस्य भएको आरसीएनले हडताल यही वर्षको अन्त्यतिर सुरु हुने बतायो । ‘आक्रोशहरु संघर्षमा बदलिएको छ – हाम्रा सदस्यहरूलाई अब त अति भयो भन्ने परेको छ,’ आरसीएनका महासचिव प्याट कुलेनले एक वक्तव्यमा भने,‘ यो कदम नर्सका अतिरिक्त विरामीहरुको पक्षमा पनि हुनेछ । स्वास्थ्य गुणस्तरमा निक्कै ¥हास आइसकेको छ ।’


पछिल्लो दस वर्षमा एनएचएसका नर्सहरूको तलबमा वास्तविक मुल्यमा २० प्रतिशतसम्म ¥हास भएको छ । यसले गर्दा ती सदस्य जीवनयापन गर्न कठिन भएको आरसीएनको दाबी छ । नर्सहरूको युनियन आरसीएनले मुद्रास्फीतिभन्दा ५ प्रतिशत बढी तलब वृद्धि गर्नुपर्ने माग गरेको छ ।

यसअघि एनएचएसका अधिकारीहरुले पनि नर्सहरूले आफ्ना बच्चाहरूलाई खुवाउन र पहिरन दिलाउन खाजा छाड्नुपर्ने स्थिति आएको बताएका थिए । साथै बढ्दो यातायात खर्च वहन गर्न अहिलेको तलबले गा¥हो पर्ने तिनको भनाई थियो । इङ्गल्याण्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने ‘एनएचएस प्रोभाईडर’का अनुसार देशका चारमध्ये एक अस्पतालले तिनका स्टाफको सहयोगार्थ सहुलियतको ‘फूड बैंक’ स्थापना गरेका छन् ।

बेलायतमा यो वर्ष महँगी अनुरूपको ज्याला वृद्धिको माग राख्दै रेल श्रमिकदेखि कानूनकर्मीसम्म हडतालमा उत्रिएका छन् । बेलायतमा अहिले मुद्रास्फिर्तीको दर १० प्रतिशत छ भने ऊर्जा लागत पनि निरन्तर बढिरहेको छ । नर्सहरु घोषणा अनुरूप हडतालमा उत्रिए भने पहिले नै न्यून लगानी, स्टाफको अभावको सामना गरिरहेको स्वास्थ्य प्रणालीमा ठुलो अवरोध खडा हुनेछ 

प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले हडतालका चर्चाबीच बुधवार पत्रकारहरूलाई सरकार नर्सको ‘महत्वपूर्ण भूमिका’प्रति संवेदनशिल भए पनि आरसीएन कार्यान्वयन गर्न हुने बताएका छन् । आरसीएनको माग कार्यान्वयन गर्न १० अर्ब २५ करोड डलर खर्च हुने अनुमान छ ।

विश्वमै उदाहरणीय मानिने बेलायतको स्वास्थ्य प्रणाली प्रदायक एनएचएसले सन् १९४८ देखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तर पछिल्लो समय कन्जरभेटिभ सरकारको बेवास्तामा पर्दा उमाथि खर्चको उच्च दबाब परिरहेको छ । साथै विभिन्न उपचारको लागि पखाइको समय लामो बनिरहेको छ । आरसीएनका अनुसार पेशामा कायम उच्च दबाबका कारण गत वर्ष २५ हजार एनएचएसकर्मीले काम छाडे ।-अल–जजिरा  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल