2026-10-25 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजी थापेरै एक व्यक्तिले जिते १० अर्ब रुपैयाँ

कात्तिक २४, काठमाडौँ | एकजना अमेरिकी सट्टेबाजले बेसबल खेलमा बाजी थापेर एकैपटकमा करिब १० अर्ब रुपैयाँ जितेका छन् । ती सट्टेबाज यतिविघ्न जुवाडे हुन् कि उनले यसअघि यस्तै बाजी थापेर ४० करोड रुपैयाँ रकम हारेका थिए । एउटै सट्टेबाजीमा १० अर्ब जितेको घटनालाई खेलकुद इतिहासकै सबैभन्दा महंगो सट्टेबाजी मानिएको छ ।

अमेरिकी नागरिक जिम म्याकइंगभेल खेलकुदमा सट्टेबाजीका लागि निकै चर्चित नाम हो । फर्निचर स्टोरका मालिक रहेका जिम म्याट्रेस म्याकको नामले पनि चिनिन्छन् । उनले हालै सट्टेबाजी अर्थात् बेटिङबाट अर्बौँ रुपैयाँ हात पारेका छन् । गत शनिबार अमेरिकाको बेसबल टिम ह्युस्टन एस्ट्रोसले वर्ल्ड सिरिजको स्पर्धा जित्यो । उक्त जितले सट्टेबाज जिमको भाग्य खोलिदियो ।

ह्युस्टनले पछिल्लो ६ वर्षमा दोश्रो पटक वर्ल्ड सिरिज जित्यो । त्यसको फाइदा बेसबल टिम र त्यसका खेलाडिलाई त भयो नै । टिमसँग कुनै साइनो नभएका सट्टेबाज जिमले ७ करोड ५० लाख अमेरिकी डलर कमाए ।

उनले बाजी थापेर कमाएको ७५ मिलियन डलर रकमको ब्रिफकेस सहितको तस्वीर ट्वीट गरेका छन् । अनौठो त के भने गतवर्ष पनि सोही टिमले वर्ल्ड सिरिज जित्छ भनेर बाजी थापेका मेट्रेस म्याकले त्यतिबेला करीब ४० करोड रुपैयाँ बराबरको रकम हारेका थिए ।

सट्टेबाजीमा करीब १० अर्ब रुपैयाँ जितेपछि म्याकले आफ्नी पत्नी र ह्युस्टनबासीप्रति आभार व्यक्त गरेका छन् । आफूले बाजी जितेको पछिल्लो हप्ताको बारेमा बयान गर्न आफूसँग कुनै शव्द नै नरहेको उनको भनाई छ । आफूलाई उक्त रकम ह्युस्टनबासीको भलाईका लागि खर्च गर्ने उनले बताएका छन् ।

यसैबीच स्पोर्टस् बेटिङ एनालिटिक्स कम्पनी फर्म एक्सन नेटवर्कले म्याट्रेस म्याकले जितेको उक्त रकम खेलकुदको सट्टेबाजीको इतिहासमा सबैभन्दा ठूलो धनराशी भएको जनाएको छ ।

सट्टेबाजीमा जितेको अर्बौँ रकम उनले परोपकारी कार्यका अतिरिक्त आफ्नो फर्निचर स्टोरको विस्तारका लागि प्रयोग गर्ने बताएका छन् ।

म्याट्रेस म्याकले बेसबलसँगै फुटबल, बास्केटबल, हर्स रेसिङ लगायतका खेलकुदमा सट्टेबाजी गर्ने गरेका छन् । गत अप्रिलमा नले युनिभर्सिटी अफ कान्समा बास्केटबल स्पर्धामा बाजी थापेर करीब २ अर्ब रुपैयाँ जितेका थिए भने फेब्रुअरीमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम त्यसैगरी हारेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने