४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने

२४ कार्तिक २०७९, बिहीबार ११:००

कात्तिक २४, काठमाडौँ | यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ । 

सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका बेला राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक हुनुलाई कूटनीतिक वृत्तमा चासोकासाथ हेरिएको छ ।

 

यद्यपि जकार्ताले उक्त दबाबको प्रतिरोध गर्दै तटस्थ रहने मानसिकता प्रस्तुत गरेको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गर्नुभएको थियो ।  

इण्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने उद्घोष गर्नुभएको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । सिएनएनका अनुसार युक्रेनी नेताले शिखर बैठकमा भाग लिने अपेक्षा गरिएको छ । 

तीनदेशले यो वर्ष सम्मेलनको मूल ‘अर्थतन्त्रलाई एकसाथ पुनः पुरानै अवस्थामा फर्काउने र पुनः सुदृढ तुल्याउने’ तय गरेका छन् । कोभिड–१९का कारण शिथिल भएको विश्वअर्थतन्त्रलाई पुनःचलायमान बनाउने उद्देश्यका साथ उक्त नारा निर्धारण गरिएको हो । 

अघिल्लो वर्षको सम्मेलन आयोजक राष्ट्र इटाली, हालको अध्यक्ष इण्डोनेशिया र आगामी वर्ष समूहको अध्यक्षता गर्ने भारतले सम्मेलनका कार्यसूची पारस्परिक परामर्शमा निर्धारण गर्ने प्रचलन छ । भारतले आगामी मङ्सिर १५ गतेदेखि समूहको अध्यक्षता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ