रोनाल्डोसहित पोर्चुगलको विश्वकप खेल्ने टिम सार्वजनिक,को को छन् टिममा?

Posted on: 11 Nov, 2022

कात्तिक २५, काठमाडौँ | कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन्।

Cristiano Ronaldo plays on the stacked team - UK Sports News

कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन्।

रोनाल्डोको टिममा बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुवाओ फेलिक्स जस्ता क्षमतावान् खेलाडी पनि छन्। यद्यपि, जोसे फोन्ट, गोन्कालो गुइडेज, रेनाटो सान्चेज र जुवाओ माउटिन्हो भने टिममा परेका छैनन्।

लिभरपुलका फरवार्ड डिएगो जोटाले भने चोटका कारण विश्वकप गुमाउने निश्चित भइसकेको छ।

समूह ‘एच’मा परेको पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। नोभेम्बर २९ मा उरुग्वे तथा डिसेम्बरमा दक्षिण अफ्रिकासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

पोर्चुगिज टिम

गोलकिपर : डिएगो कोस्टा, रुइ पेट्रिसियो, जोसे सा

डिफेन्डर : डिएगो डालोट, ड्यानिलो परेरा, जुवा कान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डियाज, नुनो मेन्डिज, राफाएल गुरेरो

मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभेस, ओटाभियो मोन्टेइरो, बर्नार्डो सिल्भा, म्याथ्युज नुनेज, ब्रुनो फर्नान्डेज, जुवाओ मारियो, जुवाओ पालिन्हा, भिटिन्हा

फरवार्ड : एन्ड्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जुवाओ फेलिक्स, राफाएल लियो, गोल्कालो रामोस

यस बिषयमा तपाइको प्रतिक्रिया...!