५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले युक्रेनलाई ४० करोड डलरको हतियार दिने

२५ कार्तिक २०७९, शुक्रबार ०८:०२

कात्तिक २५, काठमाडौँ | एजेन्सी | अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।


अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।

यस सहयोगलाई औचित्यपूर्ण बताउँदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । जसमा भनिएको छ – युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा रूसी हवाई हमलाका कारण थप रक्षा क्षमता महत्त्वपूर्ण छ ।’ रुस र युक्रेनबीचको युद्धपछि पश्चिमी देशहरूले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । युक्रेन नेटोमा सामेल नभएका कारण, पश्चिमी देशहरूले रूसविरुद्ध युक्रेनमा सेना पठाउन सक्दैनन् ।

योसँगै दुई देशबीच अहिले पनि द्वन्द्व चलिरहेको छ र युक्रेनको केही भूभाग रुसले आफ्नो कब्जामा लिएको छ । तर, रुसले बुधबार महत्वपूर्ण सहर खेरसनबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेको छ, जसलाई रुसका लागि झट्काको रुपमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता