2026-09-28 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले युक्रेनलाई ४० करोड डलरको हतियार दिने

कात्तिक २५, काठमाडौँ | एजेन्सी | अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।

अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।

यस सहयोगलाई औचित्यपूर्ण बताउँदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । जसमा भनिएको छ – युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा रूसी हवाई हमलाका कारण थप रक्षा क्षमता महत्त्वपूर्ण छ ।’ रुस र युक्रेनबीचको युद्धपछि पश्चिमी देशहरूले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । युक्रेन नेटोमा सामेल नभएका कारण, पश्चिमी देशहरूले रूसविरुद्ध युक्रेनमा सेना पठाउन सक्दैनन् ।

योसँगै दुई देशबीच अहिले पनि द्वन्द्व चलिरहेको छ र युक्रेनको केही भूभाग रुसले आफ्नो कब्जामा लिएको छ । तर, रुसले बुधबार महत्वपूर्ण सहर खेरसनबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेको छ, जसलाई रुसका लागि झट्काको रुपमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह