२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विहारमा मदिरा निषेध अभियान असफल’

२०७९, २५ कार्तिक शुक्रबार ०८:५७

कात्तिक २५, काठमाडौँ | विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ । 

जनता दल (युनाइटेड) का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले आज यहाँ संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताए । उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य भएकामा जोड दिए । 

मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भएको बताए । उनले अभियानलाई सफल बनाउन राज्यका जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे । नेता कुशवाहको यो भनाइले नीतिश कुमारको सरकारलाई अप्ठ्यारो पारेको छ । मदिरा आपूर्तिकर्ताहरूमाथि कठोर बन्न तथा कडाइका साथ कानुन कार्यान्वयन मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुशवाहको यो भनाइ सार्वजनिक भएको हो । 

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन । मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । विहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुशवाहको भनाइप्रति सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी