४६ वर्षका टिभी अभिनेता सिद्धान्तको मृत्यु, जिममा वर्कआउट गर्दै गर्दा हृदयाघात

Posted on: 11 Nov, 2022

कात्तिक २५, काठमाडौँ | टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो ।

Kasauti Zindagii Kay' Actor, Siddhaanth Vir Surryavanshi Passed Away While  Working Out At Gym

राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला मृत्यु हुने अभिनेतामा उनी तेस्रो हुन् ।

अभिनेता सिरियल ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ का लागि निकै चर्चित छन् । टिभी अभिनेता जय भानुशालीले यसबारे पुष्टि गरेका हुन् । सिद्धान्त विरले श्रीमती अलिसिया राउत र दुई सन्तानलाई छोडेर यो धर्तीबाट बिदा भएका छन् । सिद्धान्तले सुफियाना प्यार मेरा, वारिस, ममता, क्यूँ रिश्तों मे कट्टी बत्ती जस्ता शोको हिस्सा भइसकेका छन् । उनी पछिल्लो पटक जिद्दी दिल माने ना शोमा देखिएका थिए ।

को थिए सिद्धान्त विर सूर्यवंशी ?

सिद्धान्त विर सूर्यवंशीको नीजि जीवन निकै विवादास्पद रह्यो । पहिला उनले इरा नामकी युवतीसँग विवाह गरेका थिए तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो । त्यसको दुई वर्षपछि सिद्धान्त दोस्रो पटक प्रेममा परे । पहिलो विवाहबाट उनका एक छोरी छन् । दोस्रो विवाहबाट उनका एक छोरा छन् । यी दुईको हेरचाह सिद्धान्त र अलिसिया मिलेर गरिरहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!