२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सीकोको मधुशालामा गोली हानेर नौ जना मारिए

२०७९, २५ कार्तिक शुक्रबार १०:३५

कात्तिक २५, काठमाडौँ | मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो । 


मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन् । बारका सञ्चालक पनि आक्रमण मारिएको आशङ्का गरिएको छ । एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो । आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशङ्का सुरक्षाकर्मीले गरेका छन् । आक्रमणकारीको व्यापक खोजी भइरहेको छ । 

उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन । पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन् ।  ग्वानाजुआन्टोमा इन्धन चोरी एवम् तस्करी पनि बढेको छ । गत महिना राज्यको इरापुटो सहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए । गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे