ओलीलाई धरानका मेयरको कटाक्ष : कोसीको पानी म ल्याउँछु, हाउडेले गफ नदिए हुन्छ

Posted on: 11 Nov, 2022

कात्तिक २५, काठमाडौँ | धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी ल्याउने ओलीको भाषणलाई ‘गफ’ भनेका छन्। 

उनले कोसीको पानी ओलीले नभइ आफैँले ल्याउने दाबी पनि गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी गर्दै हर्कले लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ। म ल्याउँछु पानी कोसीको। धेरै चुनौती नदिँदा हुन्छ हाउडेले!’

आज ओलीले धरानमा चुनावी सभाका क्रममा आफ्नो सरकार बने कोसीको पानी ल्याउने बताएका थिए।

त्यसैको जवाफमा हर्कको यस्तो भनाई आएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!