कात्तिक २६, एजेन्सी | टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको करिब ३०० किलोमिटर वरपर क्षेत्रमा सुनामीको जोखिम रहेको चेतावनी दिइएको छ ।
सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०७ किलोमिटर (१२८.६ माइल) दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।