कात्तिक २६, मेक्सिको सिटी | हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।
'ट्रकमा सवार हतियारधारी पुरुषको समुहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको स्थानीय नगरपालिका एक विज्ञप्तिमा भन्यो ।
स्थानीय सञ्चारमाध्यमले यो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।
गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।