५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

२६ कार्तिक २०७९, शनिबार ०६:१८

कात्तिक २६, वाशिङ्गटन | अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक  रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।  भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, "भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति बाइडेनको पदभार ग्रहण  लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुग्नु भएको थियो। 

"दुई नेताले पटक-पटक  फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ ।अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयातका  दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच  छलफल भइरहेका छन् र  राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ," सुलिवानले भन्नुभयो।  

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग  पनि भेटवार्ता गर्नु भएको थियो।  

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको  बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गर्नु भएको  न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जी-२० अन्तरराष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपिको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाईको प्रतिनिधित्व गर्दछ।

जी-२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा  लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने  जी-२० शिखर सम्मेलन  भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तरराष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता