२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वयुद्धका दुई विमान आकाशमा ठोकिए

२०७९, २७ कार्तिक आईतवार ०५:१९

कात्तिक २७, काठमाडौँ | अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको  देख्न सकिन्छ ।

Dallas airshow disaster caught on video as planes collide in mid-air | Fox  News

विमानहरू डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए। दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन।  दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो । डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् । 'भिडियोहरू हृदयविदारक छन्,' उनले ट्वीट गरे,  'कृपया, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस्।'

हताहतिको संख्या अझै पुष्टि भइसकेको  तर जमिनमा कोही पनि घाइते नभएको उनले बताए । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो। दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकू विमान थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी