2026-09-28 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वयुद्धका दुई विमान आकाशमा ठोकिए

कात्तिक २७, काठमाडौँ | अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको  देख्न सकिन्छ ।

Dallas airshow disaster caught on video as planes collide in mid-air | Fox  News

विमानहरू डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए। दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन।  दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस थियो । संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो । डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् । ‘भिडियोहरू हृदयविदारक छन्,’ उनले ट्वीट गरे,  ‘कृपया, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस्।’

हताहतिको संख्या अझै पुष्टि भइसकेको  तर जमिनमा कोही पनि घाइते नभएको उनले बताए । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो। दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकू विमान थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह