भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

Posted on: 13 Nov, 2022

कार्तिक २७, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूतले मनोज कुमार भारतीले एएनआईलाई बताउनु भएको छ ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औं जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताउनु भएको छ । 

‘प्रधानमन्त्री मोदीको  जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छ, भारतीय राजदूत भारतीे भन्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!