८ अर्ब पुग्यो विश्वभरको जनशंख्या, पछिल्लो १२ बर्षमै एक अर्बले वृद्धि (विवरण सहित)

Posted on: 15 Nov, 2022

कात्तिक २९, काठमाडौँ । संसारभर मानिसको जनशंख्या बढेर ८ अर्ब पुगेको छ ।जनसंख्यालाई सामयिक रुपमा ट्रयाक गर्ने वेबसाइट https://www.worldometers.info/ का अनुसार, मंगलवार दिउसो करीब साढे १ बजे विश्वको जनशंख्या ८ अर्ब पुगेको हो । 

संयुक्त राष्ट्र संघको रिपोर्ट यानेकि UN Report on Population अनुसार पनि १५ नोभेम्बर २०२२ मा संसारको आवादी ८ अर्ब पुग्ने रिपोर्ट सार्वजनिक भएको थियो । जनशंख्या वृद्धिमा मुख्य कुरा के छ भने पछिल्लो २४ बर्षमा मात्र २ अर्व जनशंख्या बढेको छ । यस अघि १९९८ मा संसारको जनशंख्या ६ अर्व थियो । जुन २०१० मा बढेर ७ अर्ब पुग्यो । त्यसपछिको १२ बर्षमा विश्वको जनशंख्या बढेर ८ अर्ब पुगेको हो । 

संसारमा जनशंख्याको बिगत इतिहाँसको आंकडा यस्तो छ: 

इश्वी संवत (१): २० करोड

इश्वी संवत (१०००): २७ करोड ५० लाख 

इश्वी संवत (१५००): ४५ करोड

इश्वी संवत (१७५०): ७० करोड

इश्वी संवत (१८५०): १ अर्व २० करोड

इश्वी संवत (१९५०): २ अर्व ५५ करोड

इश्वी संवत (१९६०): ३ अर्व

इश्वी संवत (१९८०): ४ अर्व ५० करोड

इश्वी संवत (१९८७): ५ अर्व

इश्वी संवत (१९९८): ६ अर्व

इश्वी संवत (२०१०): ७ अर्व

इश्वी संवत (२०२२): ८ अर्व

स्रोत: https://www.worldometers.info/world-population 

जनशंख्याको बढोत्तरी हुनुको मुख्य कारण स्वास्थ्य सेवामा भएको सुधारलाई लिईयेको छ । ओद्यौगिक क्रान्तिसंगै स्वास्थ्य सेवामा तिब्र सुधार आएको छ । संयुक्त राष्ट्र संघको अनुमान अनुसार २०३० सम्म संसारको जनशंख्या बढेर ८ अर्व ५० करोड पुग्नसक्छ । त्यसोत, संयुक्त राष्ट्रसंघका अनुसार १९५० पछि पहिलो पटक २०२० मा जनसंख्या वृद्धिदर एक प्रतिशतले गिरावट आएको छ । 

हाल कुन देशको जनशंख्या कति ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!