२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ अर्ब पुग्यो विश्वभरको जनशंख्या, पछिल्लो १२ बर्षमै एक अर्बले वृद्धि (विवरण सहित)

२०७९, २९ कार्तिक मंगलवार ०९:०४

कात्तिक २९, काठमाडौँ । संसारभर मानिसको जनशंख्या बढेर ८ अर्ब पुगेको छ ।जनसंख्यालाई सामयिक रुपमा ट्रयाक गर्ने वेबसाइट https://www.worldometers.info/ का अनुसार, मंगलवार दिउसो करीब साढे १ बजे विश्वको जनशंख्या ८ अर्ब पुगेको हो । 

संयुक्त राष्ट्र संघको रिपोर्ट यानेकि UN Report on Population अनुसार पनि १५ नोभेम्बर २०२२ मा संसारको आवादी ८ अर्ब पुग्ने रिपोर्ट सार्वजनिक भएको थियो । जनशंख्या वृद्धिमा मुख्य कुरा के छ भने पछिल्लो २४ बर्षमा मात्र २ अर्व जनशंख्या बढेको छ । यस अघि १९९८ मा संसारको जनशंख्या ६ अर्व थियो । जुन २०१० मा बढेर ७ अर्ब पुग्यो । त्यसपछिको १२ बर्षमा विश्वको जनशंख्या बढेर ८ अर्ब पुगेको हो । 

संसारमा जनशंख्याको बिगत इतिहाँसको आंकडा यस्तो छ: 

इश्वी संवत (१): २० करोड

इश्वी संवत (१०००): २७ करोड ५० लाख 

इश्वी संवत (१५००): ४५ करोड

इश्वी संवत (१७५०): ७० करोड

इश्वी संवत (१८५०): १ अर्व २० करोड

इश्वी संवत (१९५०): २ अर्व ५५ करोड

इश्वी संवत (१९६०): ३ अर्व

इश्वी संवत (१९८०): ४ अर्व ५० करोड

इश्वी संवत (१९८७): ५ अर्व

इश्वी संवत (१९९८): ६ अर्व

इश्वी संवत (२०१०): ७ अर्व

इश्वी संवत (२०२२): ८ अर्व

स्रोत: https://www.worldometers.info/world-population 

जनशंख्याको बढोत्तरी हुनुको मुख्य कारण स्वास्थ्य सेवामा भएको सुधारलाई लिईयेको छ । ओद्यौगिक क्रान्तिसंगै स्वास्थ्य सेवामा तिब्र सुधार आएको छ । संयुक्त राष्ट्र संघको अनुमान अनुसार २०३० सम्म संसारको जनशंख्या बढेर ८ अर्व ५० करोड पुग्नसक्छ । त्यसोत, संयुक्त राष्ट्रसंघका अनुसार १९५० पछि पहिलो पटक २०२० मा जनसंख्या वृद्धिदर एक प्रतिशतले गिरावट आएको छ । 

हाल कुन देशको जनशंख्या कति ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल