2026-09-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

कात्तिक २९, काठमाडौँ | २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ ।

अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ ।

यो मुद्दामा दिल्लीको पाटियाला हाउस अदालतमा सुनुवाइ भइरहेको थियो । यसकै सिलसिलामा ज्याकलिन अदालत आउजाउ गरिरहेकी थिइन् । सुनुवाइको लागि उनी लगातार वकिलकै पहिरनमा अदालतमा पुगिरहेकी थिइन् ।

ईडीले ज्याकलिनविरुद्ध पर्याप्त प्रमाणहरु रहेको बताएको थियो । ईडीको तर्फबाट वकिलले भनेका थिए, ‘ज्याकलिन विदेशी नागरिक हुन् । उनको परिवार श्रीलंकामा बसोबास गर्छ । उनले डिसेम्बर २०२१ मा भाग्ने प्रयास गरेकी थिइन् ।’ साथै वकिलले ज्याकलिनले प्रमाण नष्ट गर्ने र विदेश भाग्न सक्ने आशंका पनि गरेका थिए ।

सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा ईडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह