2026-09-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि जी-२० मा जेलेनेस्कीका १० बुँदे प्रस्ताव

कात्तिक २९, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि १० बुँदे प्रस्ताव अघि सारेका छन्।

इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै जेलेनेस्कीले शान्तिका लागि १० बुँदे प्रस्ताव अघि बढाएको सिएनएनले जनाएको छ।

‘दोस्रो विश्वयुद्ध ताकाको झल्को दिनेगरी हामीमाथि आक्रमण भएको छ। यसको अन्त्य कसरी हुनेछ भन्नेमा हामी निश्चिन्त छैनौँ, जलेनेस्कीले सम्बोधनमा भनेका छन, ‘विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न जरुरी ठानेकाले हामी शान्तिको प्रस्ताव समेत गर्छौं। तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध नै छ।’

शान्तिका लागि जेलेनेस्कीले १० बुँदे प्रस्ताव अघि सारेका हुन्। त्यसमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र उर्जा सुरक्षाका विषय समावेश छन्।

यस्तै उनले रूसले हिरासतमा राखेका आफ्ना नागरिकलाई रिहा गर्नुपर्ने प्रस्ताव गरेका छन् भने राष्ट्रसंघको वडापत्रको पालना हुनुपर्ने प्रस्ताव ल्याएका छन्।

युक्रेनबाट रूसी सेना फिर्ता हुनुपर्ने र युक्रेनले न्याय पाउनुपर्ने प्रस्ताव जेलेनेस्कीको छ। उनले प्राकृतिक स्रोत तथा वातावरणको रक्षा र दुई पक्षबीच तनावको स्थिति अन्त्य गर्दै युद्ध अन्त्य भएको पुष्टि गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्। 

जी-२० शिखर सम्मेलनमा रूसले युक्रेनमा गरेको आक्रमणप्रति अधिकांश मुलुकका प्रतिनिधिले भर्त्सना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह