५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको अमेरिकी अधिकारीको दाबी

३० कार्तिक २०७९, बुधबार ०७:३७

कात्तिक २९, काठमाडौँ | पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको भन्दै एक रिपोर्टमा जानकारी दिइएको छ ।​ एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको छ ।

यी अधिकारी यो मामिलामा सार्वजनिक रुपमा बोल्नका लागि अधिकृत होइनन्, उनीहरुले आफ्नो पहिचान लुकाउने शर्तमा सो जानकारी दिएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको भन्ने खबरमा कुनै सम्भावना नरहेको बताएका थिए ।

Russia-Ukraine war: Initial findings suggest missile that hit Poland was  fired by Ukrainian forces at incoming Russian missile – US officials – NZ  Herald

मंगलबार दिउँसो ३ः४० बजे पोल्याण्डको भूभागमा ‘रुसी क्षेप्यास्त्र’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै ‘निर्णायक प्रमाण’ नभएको बताएको छ ।

यो क्षेप्यास्त्र पक्कै रुसी भएपनि दुबै पक्षले युद्धमा रुसी युद्ध सामग्री प्रयोग गरेका छन् । पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको बताए ।

सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमानामा अवस्थित छ र लिभ शहरको उत्तरमा अवस्थित छ ।

रुसले आक्रमणको खण्डन गरेको छ र रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसले युक्रेनी–पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता