४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

३० कार्तिक २०७९, बुधबार ०८:०२

एजेन्सी | इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । 

यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन उपयोग गरिएका अमेरिकी नौसेनाले बताएको छ । 


विष्फोटक पदार्थसमेत बनाउन मिल्ने मल र  मिसाइल इन्धनको ढुवानी गम्भीर चिन्ताको विषय नौसेनाका प्रवक्ता टिमोथी हकिन्सले इरानबाट यमनमा भएको हतियारको अवैध ढुवानीले अस्थिरता र हिंसा निम्त्याएको बताएका छन् । साउदी अरब, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूलाई इस्लामिक गणतन्त्रको धर्मतन्त्रलाई परास्त गर्न आह्वान गर्दै महिनौँदेखिकोे विरोधप्रदर्शनमा उत्रिएका इरानी जनतालाई उत्तेजित पारेको आरोप लगाएको इरानको गोप्य इन्धन निकासी सार्वजनिक भएको छ ।  विरोधप्रदर्शन दबाउन तेहरानले गरेको कारबाहीमा तीन सय ४४ जना मारिएका छन् भने १५ हजार आठ सय २० जना पक्राउ परेका छन् । 

कूटनीतिक प्रयासको  असफलतासँगै छ महिनाका निम्ति गरिएको युद्धविरामको अवधि गत महिना समाप्त भएपछि यमनमा द्वन्द्व बढेको छ । यमन युद्धका कारण १४ हजार पाँच सय सर्वसाधारणसहित एक लाख ५० हजार जनाको ज्यान गएको छ । युद्धविरामको अन्त्य भएसँगै देशका विभिन्न भागमा विद्रोहीले आक्रमण जारी राखेका छन् ।

सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घले हुथी समूहलाई हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाएको भए पनि इरानले समुद्रीमार्गबाट उक्त समूहलाई हतियार निर्यात गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा