२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

२०७९, ३० कार्तिक बुधबार ०८:०२

एजेन्सी | इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । 

यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनालाई आक्रमण गर्न प्रयोग गरेका हतियारमा बरामद इन्धन उपयोग गरिएका अमेरिकी नौसेनाले बताएको छ । 


विष्फोटक पदार्थसमेत बनाउन मिल्ने मल र  मिसाइल इन्धनको ढुवानी गम्भीर चिन्ताको विषय नौसेनाका प्रवक्ता टिमोथी हकिन्सले इरानबाट यमनमा भएको हतियारको अवैध ढुवानीले अस्थिरता र हिंसा निम्त्याएको बताएका छन् । साउदी अरब, संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरूलाई इस्लामिक गणतन्त्रको धर्मतन्त्रलाई परास्त गर्न आह्वान गर्दै महिनौँदेखिकोे विरोधप्रदर्शनमा उत्रिएका इरानी जनतालाई उत्तेजित पारेको आरोप लगाएको इरानको गोप्य इन्धन निकासी सार्वजनिक भएको छ ।  विरोधप्रदर्शन दबाउन तेहरानले गरेको कारबाहीमा तीन सय ४४ जना मारिएका छन् भने १५ हजार आठ सय २० जना पक्राउ परेका छन् । 

कूटनीतिक प्रयासको  असफलतासँगै छ महिनाका निम्ति गरिएको युद्धविरामको अवधि गत महिना समाप्त भएपछि यमनमा द्वन्द्व बढेको छ । यमन युद्धका कारण १४ हजार पाँच सय सर्वसाधारणसहित एक लाख ५० हजार जनाको ज्यान गएको छ । युद्धविरामको अन्त्य भएसँगै देशका विभिन्न भागमा विद्रोहीले आक्रमण जारी राखेका छन् ।

सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घले हुथी समूहलाई हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाएको भए पनि इरानले समुद्रीमार्गबाट उक्त समूहलाई हतियार निर्यात गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल