2026-09-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास

कात्तिक ३०, काठमाडौँ | अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन । आतङ्ककारी सङ्गठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र तीस हजार रकेट भएको हमासले इजरायलको अस्तित्वलाई सधैँ जोखिममा पारेको छ । 

गाजा र लेबनानबाट हमास र हिजबुल्लाद्वारा रकेट आक्रमण भएमा इजरायलीहरूको मृत्यु नहुन सक्छ किनकी रकेट प्रहार हुनेवित्तिकै देशभर खतराको सूचक साइरन बज्न थाल्छन् र नागरिकहरूलाई सुरक्षितस्थलमा आश्रय लिन सहज हुन्छ । इजरायलले प्रभावकारी रूपमा विकास गरेको ‘आइरन डोम’ रकेट आक्रमणलाई निस्तेज पार्न सफल छन् तर हमास र हिजबुल्ला दुवैले एकैदिन चार हजार रकेट आक्रमण एकैपटक गरेमा इजरायललाई त्यस्ता आक्रमणलाई सम्हाल्न कठिन हुनेछ ।

अमेरिकी सहयोगमा विकास गरिएका आइरन डोम मध्यम तथा लामो दुरीका रकेट, ब्यालिस्टिक मिसाइल, ड्रोनहरू, मानवरहित विमान आक्रमणलाई ९० प्रतिशत निष्फल बनाउन सक्षम छन् तर इजरायली सुरक्षा बल सम्भावित सामूहिक रकेट आक्रमणबाट सधै चिन्तित रहेका इजरायली प्रतिरक्षा बलका पूर्वअन्तर्राष्ट्रिय प्रवक्ता योनाटोन कोनिकोसले बताएका छन् । 

बहुसङ्ख्यक यहूदी जनसङ्ख्या गाजाबाट हुनसक्ने रकेट आक्रमणको जोखिममा छ भने लेबनानतिरबाट हिजबुल्लाले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहेको उनी बताउँछन् । इजरायलमाथि चौतर्फी आक्रमण भएमा जनधनको व्यापक क्षति हुने उनको अनुमान छ । पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्नेछ । 

हिजबुल्लालाई इरानले निरन्तर सहयोग गरिरहेको इजरायलले बताउँदै आएको छ । सुन्नी र सिया समुदायसँग आबद्ध दुवै पृथक समूहले इजरायलमाथि एकीकृत एवम् समन्वयात्मकरूपमा आक्रमण गर्ने त्रासबाट पनि इजरायल मुक्त नरहेको पूर्वप्रवक्ता कोनिकोसको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह