२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप विजेतालाई ४२ करोड डलर दिने फिफाले कसरी कमाउँछ पैसा?

२०७९, १ मंसिर बिहीबार ०७:०८

मङ्सिर १, काठमाडौँ । सबैले खरिद गर्न चाहेको सामान कम मूल्यमा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने व्यापारबाट छिट्टै र धेरै आम्दानी लिन सकिन्छ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को व्यापार मोडल ठ्याक्कै यही हो।

फिफाले आयोजक राष्ट्रलाई पैसा दिन्छ। खेलाडी तथा विजेतालाई पुरस्कार, उनीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ भने प्रत्येक खेलाडीलाई ३ लाख ७० हजार डलर पनि दिन्छ।  


साथै विश्वकपमा प्रयोग हुने अन्य जनशक्ति र क्लबाट खेलाडीलाई विश्वकप खेल्न पठाएबापत फिफाले ६३ देशका ४६१ क्बललाई सहयोग पनि गर्छ। क्लबलाई वितरण गर्न फिफाले २० करोड डलर छुट्टाएको छ।

फिफाले खेलमा सहभागी ३२ वटै राष्ट्रलाई पैसासमेत दिन्छ। ठूलो खर्चका बाबजुद पनि फिफाले मनग्य मुनाफा आर्जन गर्छ।

सन् २०१८ मा फिफाले रूसले विश्वकपको आयोजना गरेको थियो। त्यहाँबाट उसले ६ अर्ब ४० करोड डलर आर्जन गर्‍यो।

फिफाले सबैभन्दा बढी रकम विश्वकप प्रसारणको अनुमतिबाट लिने गर्छ। फिफाले आर्जन गरेको पैसाभन्दा ४ अर्ब ६० करोड डलर प्रसारण अधिकार बिक्रीबाटै आर्जन भएको  थियो।  

फिफा विश्वकप ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान छ। यो खेलमा विज्ञापन राख्न ब्राण्डहरूले फिफालाई पैसा बुझाउनुपर्छ।

फिफाले २०१८ को संस्करणमा विज्ञापनबाट १ अर्ब ६६ करोड डलर आर्जन गरेको थियो। साथै टिकटबाट पनि फिफाले पैसा आर्जन गर्छ।

सन् २०१८ मा फिफाले टिकटबाट ७० करोड १२ लाख डलर आर्जन गरेको थियो।

फिफाले ब्रान्डहरूलाई आफ्नो नाम प्रयोगको इजाजत दिएर पनि आम्दानी गर्छ। फिफाको नाम प्रयोग गरेर गेम उत्पादन गर्ने कम्पनीहरूबाट वार्षिक १५ करोड रूपैयाँभन्दा बढी आर्जन गर्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल