५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

१ मंसिर २०७९, बिहीबार ०८:३९

मङ्सिर १, काठमाडौँ । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रामकताको प्रमाणको रूपमा हेर्छ ।


अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गर्नुभएको थियो । 

उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मूर्खतापूर्ण कार्य’ भएको बताएका छन्।

चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भन्नुभयो, “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”

दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भन्नुभयो, “सेनाले स्थानीय समयअनुसार बिहान १०ः४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।”

उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर (१५० माइल) उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ । 

“दक्षिण कोरिया र अमेरिकाले आज आयोजित संयुक्त क्षेप्यास्त्र प्रतिरक्षा अभ्यासमार्फत् आफ्नो बलियो संयुक्त प्रतिरक्षा अवस्थालाई पुनः पुष्टि गरेका छन्,” एक योजनाबद्ध अभ्यासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

जापानले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ भने प्रधानमन्त्री कार्यालयले प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्रप्रहारसहितका गतिविधिले हाम्रो देश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ ।

प्योङयाङका विदेशमन्त्रीले दिएको वक्तव्यसँग मिल्दोजुल्दो गरी बिहीबारको क्षेप्यास्त्र परीक्षण गरिएको विज्ञहरूले बताएका छन् । सेजोङ इन्स्टिच्युटका अनुसन्धाता चेओङ सियोङ चाङले एएफपीसँग भने, “यो अमेरिका र जापानलाई जवाफ दिने प्रयास हो ।”

इन्डोनेसियाको बालीमा भएको जी–२० को बैठकका क्रममा उत्तर कोरियामाथि लगाम लगाउन बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो प्रभाव प्रयोग गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता