२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी अदालतद्वारा प्रविधि चोरी गरेको अभियोगमा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेलको सजाय

२०७९, १ मंसिर बिहीबार १०:११

मङ्सिर १, काठमाडौँ | अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ ।

विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित पाँच वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो ।


सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित ११ जना चिनियाँ नागरिकमध्ये उनी एक थिए ।  

चीनको विदेश मन्त्रालयले बिहीबार शुमाथि लगाइएको आरोपलाई ‘विशुद्ध बनावटी’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अमेरिकालाई कानुनअनुसार निष्पक्ष रूपमा मुद्दा चलाउन र चिनियाँ नागरिकको वैध अधिकार र हितको रक्षा गर्न आग्रह गर्दछौं ।

चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीलाई अप्रिल २०१८ मा बेल्जियममा पक्राउ गरिएको थियो । 

उनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको थियो । उनलाई नोभेम्बर ५, २०२१ मा आर्थिक जासूसीको प्रयास, व्यापार गुप्त चोरीको प्रयास र दुई सम्बन्धित षडयन्त्रको अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्याय मनत्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुले अमेरिकी उड्डयन कम्पनीहरूलाई निशाना बनाएका थिए, चीन भ्रमणका लागि कर्मचारी भर्ती गरेका थिए र चीनको सरकारका तर्फबाट उनीहरूको स्वामित्वको जानकारी मागेका थिए ।

ओहायोका संघीय अभियोजक केनेथ पार्करले भने, “यो घटनाले स्पष्ट सन्देश दिएको छ ः हामी अमेरिकी व्यापार गोपनीयता चोर्न खोज्ने जो कोहीलाई पनि जवाफदेही बनाउनेछौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल