५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी अदालतद्वारा प्रविधि चोरी गरेको अभियोगमा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेलको सजाय

१ मंसिर २०७९, बिहीबार १०:११

मङ्सिर १, काठमाडौँ | अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ ।

विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित पाँच वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो ।


सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित ११ जना चिनियाँ नागरिकमध्ये उनी एक थिए ।  

चीनको विदेश मन्त्रालयले बिहीबार शुमाथि लगाइएको आरोपलाई ‘विशुद्ध बनावटी’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अमेरिकालाई कानुनअनुसार निष्पक्ष रूपमा मुद्दा चलाउन र चिनियाँ नागरिकको वैध अधिकार र हितको रक्षा गर्न आग्रह गर्दछौं ।

चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीलाई अप्रिल २०१८ मा बेल्जियममा पक्राउ गरिएको थियो । 

उनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको थियो । उनलाई नोभेम्बर ५, २०२१ मा आर्थिक जासूसीको प्रयास, व्यापार गुप्त चोरीको प्रयास र दुई सम्बन्धित षडयन्त्रको अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्याय मनत्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुले अमेरिकी उड्डयन कम्पनीहरूलाई निशाना बनाएका थिए, चीन भ्रमणका लागि कर्मचारी भर्ती गरेका थिए र चीनको सरकारका तर्फबाट उनीहरूको स्वामित्वको जानकारी मागेका थिए ।

ओहायोका संघीय अभियोजक केनेथ पार्करले भने, “यो घटनाले स्पष्ट सन्देश दिएको छ ः हामी अमेरिकी व्यापार गोपनीयता चोर्न खोज्ने जो कोहीलाई पनि जवाफदेही बनाउनेछौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता