२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इबोला नियन्त्रणका लागि आपतकालीन कोष

२०७९, २ मंसिर शुक्रबार ०६:४८

मंसिर २, काठमाडौँ | युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ ।


विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगाण्डा र अन्य देशहरुमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवं औषधि उपचारका लागि विश्व स्वस्थ्य सङ्गठनले ८ करोड ८० लाख  अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिनुभएको हो ।

यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले युगाण्डालगायत अफ्रिकाका देशहरुमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो । तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिनुभएको हो । युगाण्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो ।

त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य सङ्गठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल