2026-09-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

एजेन्सी | पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । 

घटनामा अन्य १३ जना घाइते भएका छन् ।

प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए ।

बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो ।    दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह