२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के आयोजक राष्ट्रले विश्वकपबाट पैसा कमाउँछन्?

२०७९, २ मंसिर शुक्रबार ०८:४७

मंसिर २, काठमाडौँ | कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गर्दैछ । विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो- फुटबल विश्वकप । विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ । १ मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ । टिकटदेखि मर्चन्डाइज बिक्री तथा स्पोनसरसिपदेखि पुरस्कार रकम र घुमघाम यी सबै कुरा पैसासँग सम्बन्धित भएर आउँछ ।

Does the World Cup earn the host country?

तर, के आयोजक राष्ट्रले विश्वकप आयोजना गरेर पैसा कमाउँछ त ?

यसको उत्तर एक शब्दमा भन्दा– कमाउँदैन ।

हालसम्म धेरै राष्ट्रहरुले विश्वकप आयोजना गरिसकेका छन् । दशौं विलियन खर्च गरेर आवश्यक पूर्वाधारहरु बनेका छन् । होटलदेखि सुरक्षा, यातयातदेखि हरेक कुरामा विश्वकपलाई लक्षित गरेर खर्च गरिन्छ । तर, यसबाट आयोजक राष्ट्रले प्रत्यक्ष रुपमा आम्दानी गर्दैन । अवश्य पनि विश्वकप एउटा पैसा कमाउने माध्यम हो । टेलिभिजनमा दिने प्रसारण अधिकार वापत पछिल्लो संस्करणको विश्वकपमा ४.६ विलियन डलर आम्दानी भएको थियो । तर, हरेक कमाइ फिफाको हुनेगर्छ ।

टिकट बेचेको पैसा फिफा मातहतका कम्पनीमार्फत शतप्रतिशत फिफालाई जान्छ । हुन त प्रतियोगिताको सबै लागत खर्च फिफाले नै बेहोर्छ । जसका कारण आएको आम्दानी पनि फिफाले नै लिनु स्वभाविक हो । फिफाले १.७ विलियन डलर रकम कतारलाई दिन्छ जसमा हरेक टिमको पुरस्कार रकम पनि सामेल हुन्छ । १२ वर्ष अघि आयोजना अधिकार पाएको कतारले यो विश्वकपको तयारीका लागि कम्तीमा पनि २ सय विलियन डलर खर्च गरेको आँकलन गरिएको छ ।

आयोजक राष्ट्रलाई महिनाभरी चल्ने यो प्रतियोगिताले केही आम्दानीका स्रोतहरु पक्कै खोल्नेछ । जस्तै विदेशी दर्शक आउँदा उनीहरुले होटल, रेष्टुरेन्टमा गरेको खर्च आयोजक देशको राजस्वमा जोडिन्छ । यो आम्दानी निकाल्नुभन्दा बढी सरकारले उक्त पूर्वाधार बनाउन गरेको खर्च निकै बढी छ ।

विश्वकपले कसलाई फाइदा हुन्छ त ?

वर्ल्ड इकोनोमिकको एक रिपोर्टका अनुसार, ‘होटलको आम्दानी बढ्छ । तर, त्यहाँ काम गर्ने कामदारको तलब उही मात्रामा बढ्दैन । यसको मतलब मालिक धनी हुन्छ, कामदार भने उहि स्थानमा रहनेछ ।’

जोसँग पैसा छ उनीहरुले अझ धेरै कमाउने मौका पाउँछन् तर काम गर्ने मजदुरको भने अवस्था उस्तै रहन्छ । अन्य जस्तै, समर्थकले मर्चेन्डाइज, पेय पदार्थ तथा अन्य सेवाहरु फिफा साझेदारसँग खरिद गरेको खण्डमा भने उक्त आम्दानी आयोजक राष्ट्रको आम्दानीमा नपरी फिफाकै अन्तर्गत पर्नेछ । जर्मनीले २००६ मा विश्वकप आयोजना गर्दा २७२ मिलियन कर छुटको माग गरेको थियो । 

छोटकरीमा भन्नुपर्दा विश्वकप फुटबल आयोजक राष्ट्रहरुले पैसाको लागि भन्दा पनि अन्य प्रयोजनका लागि आयोजनाको दाबी गर्ने गर्छन् । विश्वकप आयोजना गर्नु शक्तिराष्ट्रको पहिचान दिनु पनि हो । यसले विश्व समुदायको ध्यान आयोजक राष्ट्रमाथि हुने भएकाले विकसित राष्ट्रहरु आफ्नो शक्ति प्रदर्शन गर्न पनि विश्वकप आयोजना गर्छन् । यदि विश्वकप आयोजना गर्ने राष्ट्रहरुले पूर्वाधार निमार्ण गर्दा सही तरिकाले गरेको खण्डमा त्यस पूर्वाधारले भविष्यमा धेरै आम्दानी गर्ने बाटो पनि खुलाएको हुन्छ । नयाँ बाटो तथा यातयात सुविधाले पछि पनि आर्थिक समृद्धिको बाटो खुल्नेछ ।

पहिलो पटक २०१८ को शीतकालीन ओलम्पिकमा दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झन्डालिएर प्रतियोगिता खेले । यस प्रकारका खेलकुद प्रतियोगिताले बालबालिकामा समेत खेल भावनालाई प्रेरित गर्ने गर्छ । यसको आर्थिक लाभ आयोजक राष्ट्रले भविष्यमा आर्थिक उन्नतिमा बढोत्तरी गरेर उठाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे