२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीर्ष रिपब्लिकनहरूको भेलालाई ट्रम्पले सम्बोधन गर्ने

२०७९, ३ मंसिर शनिबार ०८:२२

मङ्सिर ३, लास भेगास | सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहन्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्दे हुनुहुन्छ। 

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लस भेगासमा शुक्रबार शुरु भएको रिपब्लिकन यहूदी गठबन्धनको वार्षिक नेतृत्व बैठकको अतिथि सूचीमा ढिलो थपिएको थियो।  

ट्रम्प शनिबार भिडियो मार्फत शीर्ष वक्ताहरूको सूचीमा सामेल हुनुहुनेछ जसमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्व उपराष्ट्रपति माइक पेन्स र पूर्वमन्त्री लगायतको सूची तयार छ । उहाँको मार-ए-लागो घरमा एक घण्टा लामो सम्बोधनपछि  आगामी राष्ट्रपतिको दौडका निम्ति उहाँको  यो पहिलो सार्वजनिक सम्बोधन हुनेछ ।

त्यो भाषण मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको निराशाजनक प्रदर्शनको एक हप्ता पछि आयोजित हुँदैछ । नेतृत्वद्वारा समर्थित उच्च प्रोफाइल उम्मेद्वारहरूले मतदानमा मुख्यधारमा रहेका रिपब्लिकनहरू भन्दा खराब प्रदर्शन गरेको टिप्पणी भइरहेको छ । यद्यपि रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा झिनो बहुमत हासिल गर्न मात्र सफल भएको छ । शुक्रबार एक रात्रिभोज उत्सवपछि पोम्पीओले रिपब्लिकनहरूलाई अगाडि बढ्न आग्रह गर्नु भएको थियो। 

उहाँले आफ्नो पुरानो नेतृत्वको नाम उल्लेख नगरे पनि गुनासो गर्ने भन्दा पनि काम गर्नुपर्ने आवश्यकताको बारेमा  घुमाउँरो पाराले जोड दिनु भएको थियो। 

"जब हामी रूढिवादी मुद्दा प्रस्तुत गर्छौं, जब हामी तर्क गर्छौं … हामी त्यसो खुशी र मुस्कानका साथ गर्छौं," उहाँले भन्नु भयो। 

"हामी केवल मेसिनको बिरूद्ध काम गर्दैनौं … हामी केवल फक्स न्यूजमा जादैनौं वा ट्वीटहरू पठाउँदैनौं, हामी वास्तवमा कडा मेहनत गर्छौं।" उहाँले भन्नुभयो ।

रिपब्लिकनको कमजोर चुनावी प्रदर्शनको लागि आफूलाई दोष दिन अस्वीकार गर्ने ट्रम्पले सम्भावित राष्ट्रपतिका प्रतिद्वन्द्वीहरूका बारेमा आफ्नो परम्परागत बम फ्याँक्न शुरु गरिसकक्नु भएको छ । डेसेन्टिसलाई "रोन डिस्यान्टिमोनियस" भनेर डब गर्दै र भर्जिनियाका गभर्नर ग्लेन यंगकिनको नाम "चिनियाँ सुनिन्छ" जस्ता टिप्पणी सार्वजनिक भएका छन् ।  

शनिबारको उपस्थिति पनि अमेरिकी न्याय विभागले ट्रम्पमाथिको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र अभियोजकको नाम दिएपछि सार्वजनिक हुनेछ ।  जसमा उहाँको शीर्ष गोप्य कागजातहरू लुकाउने र जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा भएको भीड आक्रमणमा उहाँको संलग्नता समावेश लगायतका आरोप छन् । 

यस भेलामा इजरायलका प्रधानमन्त्री-निर्वाचित बेन्जामिन नेतान्याहु पनि समाबेश हुनुहुन्छ र भेला  आइतबारसम्म चल्नेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे