५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता

६ मंसिर २०७९, मंगलवार १२:१६

मङ्सिर ६, जाकार्ता | पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा  बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।

सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो।  भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ। भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन्  ।

यसअघि मङ्गलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई  उद्धारकार्यलाई  तीव्रता दिन  र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए।

भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ ।  राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा  सो गोषणा गरेका हुन्  । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार जकार्ता समय १३:२१ मा गएको भूकम्पको केन्द्रबिन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता