2026-09-28 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड

मङ्सिर ७, काठमाडौँ । चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन गर्ने कारखानामा भएको विरोध प्रदर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यो कारखाना चीनको झेङझोऊमा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौँ कर्मचारीले र्‍याली गरिरहेको देख्न सकिन्छ ।

आन्दोलनरत कर्मचारीलाई प्रहरीले रोकिरहेको पनि छ । प्रहरीले आफूमाथि कुटपिट गरेको आन्दोलनकारीको भनाइ छ ।

गत महिना कोरोना संक्रमित बढेपछि आइफोन निर्माता फक्सकनले कारखाना बन्द गर्नुपरेको थियो, जसका कारण केही कर्मचारीले कारखाना छाडेका थिए ।

कर्मचारीको अभावका कारण कम्पनीले नयाँ कामदारलाई राम्रो बोनस दिने वाचा गरेको थियो । फक्सकनले कारखानामा यी झडप बारेमा कुनै बयान जारी गरेको छैन ।

भिडियोमा आन्दोलनकारीले आफ्नो अधिकार बचाउनुपर्छ भन्दै आइरहेका छन् । कतिपय कामदारले रडले सिसिटिभी क्यामेरा र झ्यालका सिसा तोडेको पनि देखिन्छ ।

कर्मचारीहरूले यस प्रदर्शनलाई लाइभ स्ट्रिम पनि गरेका छन्, जसमा एक कर्मचारीले फक्सकनले कम्पनीले वाचा गरेको अनुदान नपाउनका लागि आफ्नो सम्झौता परिवर्तन गरेको भनिरहेका छन् । आफूलाई क्वारेन्टिनमा राखेको तर खानासमेत नदिएको उनले बताइरहेका छन् ।

कर्मचारीले भने, ‘उनीहरुले हाम्रो माग पूरा नगरेसम्म हामी लडाईं जारी राख्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह