२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा ब्याजदर २४ वर्षयताकै उच्च

२०७९, ११ मंसिर आईतवार ०७:५३

मङ्सिर ११, काठमाडौँ | ‘स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)’ ले मुद्रास्फीति नियन्त्रण का लागि शुक्रबार आफ्नो प्रमुख नीतिगत ब्याजदरमा १६ प्रतिशतले वृद्धि गरेपछि पाकिस्तानमा ब्याज दर २४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

केन्द्रीय बैंकले समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुद्रास्फीतिको दबाब सोचेभन्दा बढी र निरन्तर रहेको एमपीसीको आँकलनमा आधारित भएर यो निर्णय गरिएको हो । डनका अनुसार, यस परिवर्तनसँगै एसबीपी ब्याज दर यस वर्षको लागि कूल ६२५ आधार बिन्दुमा वृद्धि भएको छ । यो दर अक्टोबर र सेप्टेम्बरमा अपरिवर्तित थियो ।

दक्षिण एशियाली मुलुक अहिले आर्थिक सङ्कटमा परेको र गम्भीर आर्थिक तथा राजनीतिक सङ्कटमा रहेको र वित्तीय नोक्सानीलाई नियन्त्रण गर्नु समयको माग भएको अवस्थामा यो निर्णय लिइएको हो ।

एसबीपीले मुद्रास्फीति, बढ्दो घरेलु र अन्तर्राष्ट्रिय आपूर्ति समस्याको कारण प्रेरित भइरहेको छ जसले लामो आर्थिक मन्दीको बीचमा मूल्यलाई बढावा दिइरहेको छ ।

एक्सप्रेस ट्रिब्यूनका अनुसार यी अभावहरूले व्यापक मूल्य र ज्यालामा असर पारिरहेको छ, जसले मध्यम अवधिको वृद्धिलाई क्षति पु¥्याउन सक्छ र मुद्रास्फीतिको अनुमानलाई कमजोर पार्न सक्छ ।

भीषण बाढी र बजेट नियन्त्रण कायम गर्ने प्रयासका बावजुद, राष्ट्र निरन्तर उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले अक्टोबरमा २६.६ प्रतिशत को वार्षिक वृद्धि रेकर्ड गरेको छ । 

गत अगष्टमा आएको विनाशकारी बाढीले एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिनुका साथै अर्बौं डलरको क्षति पु¥्याएको थियो ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानले आर्थिक वर्ष २०२२ मा करिब ३० अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो, तर पनि उसले आफ्नो चालू खाता घाटालाई नियन्त्रणमा राख्न सकेन ।

पाकिस्तानलाई विदेशी दायित्वविरुद्ध भुक्तानी गर्न यस आर्थिक वर्षमा लगभग ३२ अर्ब अमेरिकी डलर आवश्यक छ । विदेशी दायित्वमात्र होइन, बढ्दो मुद्रास्फीतिले पनि स्थानीय जनताका लागि जीवनयापनको खर्च निकै कठिन बनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल