२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा लाश टुक्राटुक्रा पारिएको अर्को घटना सार्वजनिक

२०७९, १२ मंसिर सोमबार १०:२०

मङ्सिर १२, दिल्ली । दिल्लीमा एक युवतीको लाख टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको घटना सेलाउन नपाउँदै त्यस्तै किसिमको अर्को घटना पनि सार्वजनिक भएको छ । 

पांडव नगरमा बस्ने एक पुरुषको लाशलाई काटेर फ्रिजमा राखिएको प्रहरीले फेला पारेको छ । हत्याराहरूले लाशको टुक्रालाई पांडव नगर र पूर्वी दिल्लीका विभिन्न भागमा फ्याँक्ने गरेका थिए । 

यस्तो खतरनाक हत्या आमाछोराको जोडीले गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरू आफ्नो घरमा शवको टुक्रा फ्रिजमा राख्थे अनि ठाउँठाउँमा फ्याँक्ने गर्थे । 


प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको छ । दिल्ली प्रहरीका अनुसार, मृतक अंजन दासलाई मारेर उसको लाशको १० वटा टुक्रा पारिएको थियो । मृतक अंजनले पुनम नामक महिलाकी बुहारी र छोरीमाथि कुदृष्टि राख्ने गरेका थिए । त्यसपछि अंजनकी पत्नीले छोरासँग मिलेर अंजनलाई मारिन् । 

उनीहरूले अंजनलाई गत मे महिनामा रक्सीमा बेहोश हुने कुरा राखेर पिउन दिएका थिए । अंजन बेहोश भएपछि दुवैजनाले शुरूमा उसको गर्दन काटे । 

शरीरबाट रगत पूरै बगेपछि दुवैले मिलेर लाशलाई १० टुक्रा पारे अनि अनेकौं ठाउँमा लगेर फाले । 

प्रहरीले ६ वटा टुक्रा भेटेको छ भने चारवटाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी