2026-09-28 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट, सर्वाधिक लामो समयसम्म मौन कीर्तिमान तोड्यो

मङ्सिर १४, काठमाडौँ | अमेरिकाको हवाई द्वीपमा विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट लाभा निस्किरहेको छ । चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ ।

यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना लोआ पहाडको माथिल्लो हिस्सामा मात्रै छ । यो बगेर बाहिर आएको छैन । चारैतिर आगो र धुँवाको मुस्लो फैलिरहेको छ । तर यसको मुनी बस्ने मानिसहरुलाई हाल कुनै समस्या छैन ।वैज्ञानिकका अनुसार कुनै ज्वालामुखी यत्तिको लामो समयसम्म शान्त बसेको यो लिखित रेकर्ड हो । यद्यपि, यूएसजीएसले ज्वालामुखीको मुनी बस्ने हवाइयन जनतालाई सतर्क रहन चेतावनी दिएको छ । धुँवा, खरानी वा विषालु ग्यास जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सतर्क हुनुपर्छ ।

मौउना लोआ १३,६७९ फिट अग्लो पहाड हो । यहाँ ज्वालामुखीको एउटा पूरा चेन हो । मौउना लोआ अन्तिम पटक सन् १९८४ को मार्च र अप्रिल महिनामा फुटेको थियो । त्यतिबेला यसको लाभा बगेर ८.०५ किलोमिटर टाढा हिलो शहरसम्म पुगेको थियो ।

Hawaii's Mauna Loa Volcano Continues Erupting, but So Far Lava Flows Pose  No Threat to Local Communities

हवाई इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीले उनीहरुले दुईवटा सेल्टर खोलिदिएको बताए । यदि आपतकालीन अवस्था आयो भने ज्वालामुखीको मुनी बसिरहेका मानिसलाई सुरक्षित तरिकाले यहाँ पुर्याइने जानकारी दिइएको छ । लाभा बाहिर निस्किएर बग्ने कुनै आशंका हालका लागि छैन । त्यसैले इलाका खाली गर्ने आदेश दिइएको छैन ।

मौउना लोआको इतिहासमा एउटा कुरा निकै रोचक रहेको छ । यसको आधाभन्दा बढी बिस्फोट यसको माथिल्लो हिस्सामा नै समाप्त हुन्छ । मुनीतिर बस्ने कसैलाई पनि केही खासै समस्या हुँदैन । फोटोमा देखिएको ज्वालामुखी सबैभन्दा माथिल्लो हिस्सा हो जसमा क्रेटरमा बरफ जमेको छ । यो तस्बिर पुरानो हो ।

मौउना लोआ ज्वालामुखीको बिस्फोट अन्तरिक्षबाट पनि देखिएको छ । नेशनल ओशियानोग्राफिक एन्ड एटमस्फियरिक एडमिनिस्ट्रेशनको सेटलाइटले यो बिस्फोटको तस्बिर खिचेको छ ।

होनोलुलूको नेशनल वेदर सर्भिसले पनि ज्वालामुखी बिस्फोट र लाभाको बहावको तस्बिर जारी गरेको छ । जसमा आगोले भरिएको एउटा ठूलो क्रेटर देखिएको छ । यसैबीच मानिसले बिस्फोटको तस्बिर र भिडियो सोसल मिडियामा भाइरल बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह