2026-09-28 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीद्वारा गोली हानी हत्या

मङ्सिर १५, काठमाडौँ | एजेन्सी | इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने  एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ ।

बीबीसी समाचार  अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए।

मंगलबार राति बन्दर अन्जालीमा कारको हर्न बजाएपछि मेहरान सामकको निधारमा गोली लागेको केही एक्टिभिस्टले बताएका छन् ।

अन्य सहरमा पनि भिडियोहरूमा भीड सडकमा नाचिरहेको देखाइएको छ।

धेरै इरानी नागरिकले कतारमा आफ्नो फुटबल टोलीलाई समर्थन गर्न अस्वीकार गरे। ती मानिसका अनुसार यो टोली इस्लामिक गणतन्त्र इरानको प्रतिनिधित्व गर्दैछ।

इरानको सरकारी मिडियाले टोलीमाथि अनावश्यक दबाब दिनुमा देशभित्र र बाहिरका विपक्षी शक्ति दोषी भएको बताइएको छ। समूह चरणको अन्तिम खेलमा इरानको टोली अमेरिकासँग पराजित भएको थियो ।

फुटबल खेलाडीहरूले पनि देशमा प्रदर्शनकारीलाई ऐक्यबद्धता जनाउन इंग्ल्याण्ड विरुद्धको उद्घाटन खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरे।

एक साताअघि महसा अमिनी नामकी २१ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा देशभर प्रदर्शन भइरहेको छ ।

युवतीले आफ्नो हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो । तर, इरानी प्रशासनले अमिनीको हृदयघातका कारण मृत्यु भएको जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह