2026-09-28 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोल्डेन बुटको दौडमा को–को ?

मङ्सिर १८, काठमाडौँ । ‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ। 

कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पनि ‘गोल्डेन बुट’को दौड सुरु भइसकेको छ। समूह चरणका खेल सकिँदा काइलिन एमबाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्ड तीन गोलसहित ‘गोल्डेन बुट’को दौडमा अगाडि छन्। जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर हुन्।

यसअघिका विश्वकपमा १० गोल गरिसकेका मुलर यसपटक गोलविहीन हुँदै घल फर्किसकेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि कतारबाट घर पुगिसकेका छन्। उनीहरू बाहेकका खेलाडी भने ‘गोल्डेन बुट’को दौडमा छन्। अघिल्लो संस्करणमा सर्वाधिक ६ गोलसहित ‘गोल्डेन बुट’ जितेका इङ्ल्यान्डका कप्तान हेरि केनले भने अहिलेसम्म गोल गर्न सकेका छैनन्।

१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल

२. काइलिन एमबाप्पे (फ्रान्स) ३ गोल

३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल

४. अल्भारो मोराटा (स्पेन) ३ गोल

५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल

६. फरान टोरेस (स्पेन) २ गोल

७. मेहेदी तारेमी (इरान) २ गोल

८. ओलिभर जिरुड (फ्रान्स) २ गोल

९. रिचार्लिसन (ब्राजिल) २ गोल

१०. लियोनल मेसी (अर्जेन्टिना) ३ गोल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह