2026-10-24 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

मङ्सिर १८, काठमाडौँ । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ । 

सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो ।  अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए । 

इरान र इजराल क्षेत्रीय दुश्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ । तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन उसले इजरायल विरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गर्दै आएको छ । 

मृत्युदण्ड दिइएका तथा लामो काराबासको सजाय पाएका मोसादका सदस्यले निजी तथा सार्वजनिक सम्पत्ति चोरेर नष्ट गरेका, व्यक्ति अपहरण गरेका, उनीहरूबाट हातहतियारसमेत बरामद गरिएको, तलबभत्ता किप्टो करेन्सीमा लिने गरेका इरानी अधिकारीहरूले बताए पनि कथित अपराधको कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । मृत्युदण्ड दिइएकाहरूको नाम सार्वज्निक गरे पनि लामो काराबासको सजाय तोकिएका तीन जनाको परिचय पनि खुलाइएको छैन । 

इरानको रिभोलुस्नरी अदालतले नियमित रुपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ । इरानको शासन व्यवस्थाको विरोध गर्नेहरूको जीवन लुछिन्छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले तीन सय १४ जनालाई मृत्युदण्ड दिएको थियो । उक्त सङ्ख्या पोहोर खाडी राष्ट्रमा दिइएका मृत्युदण्डभन्दा आधाले अधिक हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने