५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तर कोरियाले गोली हानेर मार्‍यो

२० मंसिर २०७९, मंगलवार ०६:१७

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियामा दुईजना किशोरलाई दक्षिण कोरियाको फिल्म हेरेको र बेचेको आरोपमा गोली हानी हत्या गरिएको द डेली मेल पत्रिकाले खबर दिएको छ । 

उनीहरूलाई चीन सीमा नजिक रहेको ह्येसान शहरमा एक एयरफील्डमा सामूहिक गोलीको शिकार बनाइएको हो । मृत्युदण्ड गत अक्टोबर महिनामै दिइएको भए पनि त्यसको खबर बल्ल आएर सार्वजनिक भएको हो । 

आफ्नी सौतेनी आमाको हत्या गर्ने अर्का एक किशोरलाई पनि त्यही अवसरमा मृत्युदण्ड दिइएको छ ।

मृत्युदण्ड हेर्नका लागि बाध्य बनाइएका दुईजनाले रेडियो फ्री एसियालाई यसको बारेमा पुष्टि गरेका हुन् । 

उत्तर कोरियामा पश्चिमा झलक आउने सबै किसिमका सामग्रीमा कठोर प्रतिबन्ध लगाइएको छ । 

उत्तरका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई अमेरिकी कठपुतली मान्ने गरेका छन् । दक्षिणबाट आउने कुनै पनि सामग्रीलाई उत्तरले संवेदनशील मान्ने गरेको छ । 

तर प्रतिबन्धका बावजूद दक्षिण कोरियाली फिल्म र सिरिजहरू गोप्य रूपमा पेन ड्राइभमा राखेर उत्तर ल्याइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता