५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

२१ मंसिर २०७९, बुधबार ०७:४०

मङ्सिर २१, काठमाडौँ | बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ ।  कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध  गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गर्नुभएको छ । 


त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उहाँले बताउनु भएको छ  । बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन् ।  यहाँँ ६ करोड २० लाखभन्दा बढी मानिसहरुले बुस्टर मात्रा प्राप्त गरेका छन् ।

 बङ्गलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ ।बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता