2026-09-28 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

मङ्सिर २१, काठमाडौँ | बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ ।  कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध  गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गर्नुभएको छ । 

त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उहाँले बताउनु भएको छ  । बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन् ।  यहाँँ ६ करोड २० लाखभन्दा बढी मानिसहरुले बुस्टर मात्रा प्राप्त गरेका छन् ।

 बङ्गलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ ।बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह