५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै सबैभन्दा धनीव्यक्ति

२२ मंसिर २०७९, बिहीबार ११:४५

मङ्सिर २२, काठमाडौँ | विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्। 

नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ। मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ। उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ। 


७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्। उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन्। 

फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो। 

सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ। अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन्। उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता