२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

२०७९, २३ मंसिर शुक्रबार ११:५९

मङ्सिर २३, काठमाडौँ । अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।  

प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । 

प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् ।

 म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले  हालै सार्वजनिक गरेको चीनको सैन्य सामथ्र्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रुसलाई अमेरिकी चुनौतीका रुपमा प्रस्तुत गरेको थियो । चीन र रुसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेका पेन्टागनले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल