ब्राजिलका राष्ट्रपति बोल्सोनारोले मौनता तोडे

Posted on: 10 Dec, 2022

मङ्सिर २४, ब्राजिलिया | ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् ।

बोल्सोनारोले अक्टोबर  ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा  निर्वाचनको परिणामबारे कुनैप्रतिक्रिया दिएका थिएनन् ।

"म लगभग ४० दिनदेखि मौन छु। यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ।  यद्पि म सधैं खुसी  हुने व्यक्ति हुँ।" उनले भनेका छन् |

उनको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन  समेत गरेका थिए |

बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!