५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसाममा ७० करोड बराबरको लागुऔषध नियन्त्रणमा

२४ मंसिर २०७९, शनिबार ०८:३९

मङ्सिर २४, काछार | आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ ।

यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, "सूचनाको आधारमा अनुसन्दान गर्दा काछार जिल्लाको  प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खान तलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको  हो ।

"हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं। एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ," प्रहरी अधिकारीले  उल्लेख गरेका छन् ।

बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए ।

यसअघि, तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र असमको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको तस्करी बरामद गरिएको लाग औषध पक्राउ गरिएको थियो।  

सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् । खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइन लगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता