2026-09-26 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसाममा ७० करोड बराबरको लागुऔषध नियन्त्रणमा

मङ्सिर २४, काछार | आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ ।

यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, “सूचनाको आधारमा अनुसन्दान गर्दा काछार जिल्लाको  प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खान तलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको  हो ।

“हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं। एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ,” प्रहरी अधिकारीले  उल्लेख गरेका छन् ।

बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए ।

यसअघि, तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र असमको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको तस्करी बरामद गरिएको लाग औषध पक्राउ गरिएको थियो।  

सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् । खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइन लगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह